“न्यूनतम समर्थन मूल्य” भनेको कृषकको उत्पादन लागत तथा अन्य लागत जोडी पोखरा महानगरपालिकाले निर्धारण गरेको समर्थन मूल्य हो ।
सूचना प्रकाशन भएपछि उत्पादक बाट न्युनतम समर्थन मूल्यमा खरिद गर्न चाहने संस्थाले देहायको विवरण खुलाई यो सूचनामा तोकिएको अवधि भित्र महाशाखामा सूचिकरणको लागि आवेदन दिनु पर्छ।
- सहकारी संस्था, किसान बजार, कृषि उपज संकलन केन्द्र, कृषि उपज खरिद बिक्री केन्द्र, साझेदारी बजारको नाम र ठेगाना
- संस्थाको कार्यक्षेत्र
- खरिद गर्न चाहेको कृषि उपज र परिमाण
- खरिद गर्न चाहेको क्षेत्र वडा वा टोल समेत खुलाउने
- खरिदको लागि आवश्यक रकमको व्यवस्था र त्यसको स्रोत
- भण्डारण सम्बन्धी व्यवस्था
- खरिद, ढुवानी, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापन सम्बन्धी बिबरण तथा त्यसको लागि आवश्यक साधन,उपकरण तथा जनशक्तिको व्यवस्थापन सम्बन्धी बिवरण
- खरिदको बिक्रीको लागि आवश्यक पर्ने अन्य विवरण
- निवेदन साथ संस्था दर्ता तथा नविकरणको प्रमाणको प्रतिलिपी तथा आवश्यक अन्य कागजातको प्रतिलिपी
उत्पादकले निर्देशिका पालन गर्नुपर्नेछ साथै देहायका शर्तहरु पालन गर्नुपर्नेछ ।
- उत्पादन गरिएका कृषि उपजहरु स्वस्थ, गुणस्तरीय हुनुपर्दछ । सकेसम्म ग्रेडिंग गरेर मात्र बजारमा पठाउनुपर्दछ । बिषादी प्रयोग गरेको भए पर्खनुपर्ने समय कुरेर मात्र बाली टिपेको हुनुपर्दछ । गुणस्तरहीन बस्तु वा कम गुणस्तरको बस्तु बिक्रीको लागि ल्याएमा खरिद कर्ताले खरिद गर्न बाध्य हुने छैनन ।
- उत्पादकहरु महाशाखामा आफ्नो बार्षक उत्पादन योजना सहित सूचिकृत हुनु पर्दछ साथै सम्बन्धित खरिद गर्ने संस्था आफनो उत्पादन सहित आवेदन दिनुपर्दछ ।
- उत्पादकले ढाँटछल गरी अन्य क्षेत्रको उत्पादन आफ्नो भनी बिक्री गरेमा वा परीक्षण गर्दा गुणस्तरहीन वा कम गुणस्तरको उत्पादन भेटिएमा त्यस्ता कृषकलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ र कालो सूचिमा राखी सूचिकृत लिष्टबाट हटाइनेछ र अन्य सेवा सुविधा समेत उपलब्ध गराइने छैन ।
सूचिकृत भएका संस्थाले दफा ५ बमोजिम निर्धारित कार्यक्षेत्रका उत्पादकको कृषि उपज न्युनतमा समर्थन मूल्यमा खरिद गर्नुपर्नेछ । तर न्युनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा खरिद गर्न बाधा पर्ने छैन । तर सो भन्दा कम मूल्य दिएर खरिद गर्न पाइने छैन ।
सूचिकृत संस्थाले सम्बन्धित क्षेत्रको कृषि उपज खरिद गरिने मिति, खरिदको लागि निर्धारित स्थल वा केन्द्र र त्यसरी खरिद गरिएको कृषि उपजको खरिद मूल्य, भुक्तानी हुने समय र विधि सम्बन्धित सबैलाई जानकारी गराउनुपर्नेछ ।
सूचिकृत संस्थाले उत्पादकबाट उत्पादित कृषि उपज प्रत्यक्ष रुपमा खरिद गरी त्यसरी खरिद गरेको दिनमा वा खरिद गरेको मितिले १५ दिन भित्र सम्बन्धित उत्पादकको बैंक खातामा रकम भुक्तानी गरि सक्नु पर्नेछ ।
सुचिकृत संस्थाले रकम भुक्तानी गरेको जानकारी रकम भुक्तानी गरेको उत्पादकको नाम थर ठेगाना, भुक्तानी गरिएको रकम तथा खाता रहेको बैंक तथा बैक खाता नम्बर, खरिद गरेको कृषि उपजको कुल परिमाण उल्लेख गरी महाशाखालाई समेत दिनुपर्नेछ । बिवरणहरु डिजिटल माध्यमबाट अपडेट गराउनु पर्नेछ ।
समर्थन मूल्य लिन सकिने उत्पादनको मापदण्डहरु यस प्रकार हुनुपर्दछ ।
- उत्पादन गरिएका कृषि उपजहरु स्वस्थ, गुणस्तरीय हुनुपर्दछ ।
- सकेसम्म ग्रेडिंग गरेर मात्र बजारमा पठाउनुपर्दछ ।
- बिषादी प्रयोग गरेको भए पर्खनुपर्ने समय कुरेर मात्र बाली टिपेको हुनुपर्दछ ।
- गुणस्तरहीन बस्तु वा कम गुणस्तरको बस्तु बिक्रीको लागि ल्याएमा खरिद कर्ताले खरिद गर्न बाध्य हुने छैनन ।
- ताजा तरकारी/ हरियो तरकारी/ आलु बालीको जात अनुसार गुण भएको हुनुपर्ने
- उत्पादन स्थल कहाँ हो भन्ने एकिन हुनुपर्ने
- उत्पादन गर्दा सकेसम्म प्रशस्त प्रांगारिक मलको प्रयोग गरेको तथा बालि चक्र को क्रममा कोसे बालि लगाएको हुनुपर्ने
- कुहिएको र सडेगलेको कारण उपभोग गर्न अयोग्य हुनुहुदैन, सफा, ताजा र नओइलाएको हुनुपर्दछ
- दाग वा चोट लागेका, चाउरि परेका, छिप्पिएका वा बेसाइजका उत्पादन भए ताजा तरकारीको रुपमा प्रयोग गर्न नमिल्ने हुनुहुदैन
- रोग किरा नलागेको हुनुपर्दछ, हरियो सागको लागि फुलेको भाग र छिप्पिएको पात हुनुहुदैन
- पानीले पखालेको भए सफा पिउन योग्य पानीले पखालेको हुनुपर्दछ
- प्याकेजिंग गरिएको भए बाहिर बाट देखिने गरि प्याक गर्नुपर्नेछ
- बिक्रि स्थल, संकलन केन्द्र वा उत्पादन स्थल को सरसफाई राम्रो हुनुपर्दछ
- सकेसम्म कुनै पनि प्रकारको कडा रसायानिक बिषादी प्रयोग नगरेको, प्रयोग गरेको भए कम असर गर्ने खालको र बिषादी प्रयोग पछी पर्खनु पर्ने समय पुरा गरेको हुनुपर्ने
- उत्पादित वा बिक्रि वितरण गर्ने बस्तु ग्रेड़ीङ्ग गरेको हुनुपर्ने
- उत्पादित वा बिक्रीयोग्य बस्तु सुरक्षित र गुणस्तरीय हुनुपर्दछ
- उत्पादित कृषि उपज कुन स्थानमा कति क्षेत्रफलमा उत्पादन भएको हो, खेति प्रबिधि कुन बिधि बाट गरिएको थियो, आदि विवरण माग गरे अनुसार उपलब्ध गराउनुपर्ने


